जीवनशैली

फेरी बढयो पेट्रोलियम पदार्थको मूल्य

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र २९ शुक्रबार ।

नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो।

मूल्य समायोजनसँगै काठमाडौँ पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर एक सय ७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर एक सय ७२ र डिजेल तथा मट्टितेल प्रतिलिटर एक सय ७२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर एक सय ८० रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल प्रतिलिटर एक सय ७० रुपैयाँ ५० पैसा तोकिएको छ।

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनु परेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस