खेलकुद

आज पनि टुंगिएन सन्दीपविरुद्धको मुद्दा

sandeep lamichhane bowling

एनएमबि न्युज डेक्स, काठमाडौँ
पुस ११ बुधबार ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा आज पनि हेर्दाहेर्दैमा बसेको छ। जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको थियो।

यसअघि आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको थियो।

आज सरकारी वकिल र पीडित पक्षका वकिलले बहस गरेका थिए तर मुद्दा हेर्दाहेर्दैमा बसेको छ। वकिलको बहस र पीडित पक्षबाट जवाफी बहस भएपछि मात्रै अदालतले आदेश दिने छ।

गत मङ्सिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए।

सन्दीप दोषी ठहर भए कम्तीमा १० वर्ष जेल बस्नु पर्ने छ।

 

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस