समाचार

बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा दुई जना पक्राउ

arrest

२५ साउन, काठमाडौं । पाल्पामा बोक्सीको आरोप लगाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रामपुर नगरपालिका–८, सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा झारफुक गर्ने बहानामा अमानवीय व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बेलकोटगढी नगरपालिका-१ घर भई नवलपरासी देउचुली नगरपालिका-४ बस्ने ५६ वर्षीय बुद्धि पुडासैनी र ३७ वर्षीया यममाया कुमाल रहेका छन् । उनीहरुले झारफुक गर्ने क्रममा वोक्सीको आरोप लगाएर स्थानीय वलवहादुर कुमाल र एक किशोरीलाई कुटपिट गरेको वताइएको छ ।

आरोपितलाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए । कुटपिटबाट घाइते दुई जनाको अहिले उपचार भईरहेको छ भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस