
२९ भदौ, काठमाडौं । म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएको दृश्य राखेको आरोपमा पक्राउ परेका ९ जनामध्ये ८ जना रिहा भएका छन् भने एक जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार पुपर्क्षका लागि जेल चलान हुनेमा झण्डा जलाउनेका मुख्य नाइके ग्याल्जेन दोर्जे तामाङ छन् । बाँकी ८ जना धरौटीमा रिहा भएको उनले जानकारी दिए ।
गायक तामाङले ‘मंगोल हप अफिसियल’ नाम च्यानलले युट्युबमा ‘देशद्रोही’ बोलको भिडियो अपलोड गरेका थिए । त्यही भिडियोमा नेपालको राष्ट्रिय झन्डा जलाएको दृष्य राखिएको छ । भिडियो अपलोड भएपछि सामाजिक सञ्जालमा चर्को विरोध भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
कानुनअनुसार राष्ट्रिय झन्डा जलाउने तथा गलत प्रयोग गर्नेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरीवाना वा दुवै कारवाही गर्ने व्यवस्था रहेको छ । गीतमा जातीय सद्भाव बिथोल्ने शब्दहरु पनि प्रयोग गरिएको छ ।
भिडियो मकवानपुर सल्लेनी वडा ३ स्थित विष्णु आधारभूत विद्यालय नजिकै खिचिएको दृष्य देखिन्छ ।