समाचार

रुपन्देहीमा टिपरको ठक्करबाट बालकको मृत्यु

road accident

१७ कात्तिक, बुटवल । भैरहवा सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका– ८ विश्वकर्मा मन्दिर नजिकै टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु१क ११७४ नंको टिपरले आज बिहान ९ः३० बजे ठक्कर दिँदा पैदलयात्री मायादेवी– ८ का आठ वर्षीय रघुवीर हरिजनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले जानकारी दिए ।

ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस