समाचार

स्याङ्जामा एकैदिन १११ जना फरार प्रतिवादी पक्राउ

prahari syanga

२० कात्तिक, स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकै दिनमा विभिन्न आरोपमा फरार रहेका १ सय ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्लामा रहेका वडा, ईलाका, प्रहरी चौकी र जिल्ला कार्यालयका विभिन्न यूनीट मार्फत फरार प्रतिवादी पक्राउ गरेको हो । विभिन्न मुद्धामा संलग्न भइ फरार सूचिका आरोपितलाई पक्राउ गरी अदालतमा बुझाइएको हो ।

कर्तव्य ज्यान, जवरजस्ती करणी, मानव बेचबिखन, लागुऔषध, हातहतियार खरखजना, सवारी ज्यान, बहुबिवाह, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट, लगायतका मुद्धामा आरोपित भइ लुकिछिपी बसेका हुन् । पक्राउ पर्नेमा ९७ पुरुष सहित १४ जना महिला रहेका र उनीहरुलाई अदालतमा बुझाइएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

पक्राउ परेका मध्ये एक सय ५ जना जरिवाना तिरेर छुटेका छन् भने ६ जना प्रहरी नियन्त्रणमा छन् । उनीहरुलाई बिहीबार अदालतमा पेश गरिने र अदालतको आदेश बमोजिम कानूनी कारवाही अघि बढाइने भएको प्रहरी प्रवक्ता समेत रहेका अधिकारीले बताए । उनीहरु कर्तव्य ज्यान, हातहतीयार र जवरजस्ती करणी सम्बन्धी मुद्धाका आरोपित हुन् ।

प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई स्याङ्जामा तीव्र पारेको छ । लामो समयदेखि विभिन्न मुद्धामा आरोपित २ सय १९ जना फरार प्रतिवादी पक्राउ गरी अदालतमा बुझाइ कानूनी कारवाही गरिसकेको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी गराए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस