मुख्य समाचार

एमाले संसदीय दलको बैठक बस्दै, खनाल-नेपाल समूह नजाने

Oli samsadiya dal

५ चैत, काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेगरी बिहीवार विहान ११ बजेका लागि संसदीय दलको बैठक आव्हान गरिएको हो ।

बैठकबारे पार्टीका सबै सांसदहरुलाई जानकारी गराइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सचेतक भट्टराईले भने, “बैठकका लागि नेता माधवकुमार नेपाल पक्षका सांसदहरुलाई पनि खबर भएको छ ।” उनका अनुसार नेपाल पक्षका सांसदहरुले बैठकमा आउने/नआउने बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि, उनले सबै सांसदहरु बैठकमा आउने विश्वास व्यक्त गरे ।

तर माधव नेपाल–झलनाथ खनाल पक्षका सांसद बैठकमा सहभागी हुने सम्भावना कम छ । अध्यक्ष ओलीकैविरुद्ध नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला हिजो (बुधबाररु) देखि ललितपुरमा जारी छ ।

व्यस्तताका कारण उपस्थित हुन नसक्ने नेपाल खनाल पक्षले जनाएको छ । आजको बैठकमा नजाने भएपनि आगामी बैठकमा भने सहभागी हुने यो समूहले जनाएको छ। नेपाल खनाल पक्षको भेला आज बेलुकी पाँच बजेसम्म चल्नेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस