बैँक / वित्त

सिटिजन्स बैंकको १६७ औं शाखा सिराहाको लहानमा

citizen bank lahan

१८ चैत, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १६७औं शाखा सिराहाको लहानमा संचालनमा ल्याएको छ ।

शाखामार्फत ग्राहकको वित्तीयआवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याँउने लक्ष्य बैंकले राखेको जनाएको छ ।

सुविधाजनक बचत खातायोजना, मुद्दती निक्षेप योजना,लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवा छिटो, छरितो,चुस्त र दुरुस्त  प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकले ११८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईबाट करिव साढे नौ लाखलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस