धर्म-संस्कृति / रितिथिति

राप्रपाले आज काठमाडौंमा बृहत् र्‍यालीसहित विरोध सभा गर्दै

1694247852 ryali 8

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र–२७ बुधबार ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) ले आज काठमाडौंमा र्‍यालीसहित विरोध सभा गर्ने भएको छ।

र्‍याली मध्यान्ह सवा १२ बजे काठमाडौंको भृकुटी मण्डपबाट सुरु हुने रत्नपार्कमा पुगेर सभामा परिणत हुनेछ। विरोध सभामा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

केन्द्रीय कार्यालय धुम्बाराहीमा गत आइतबार बसेको पदाधिकारी बैठकले काठमाडौंमा बृहत् विरोध सभा गर्ने निर्णय गरेको थियो। विरोध सभामा सहभागी हुन देशका विभिन्न ठाउँबाट मानिसहरु काठमाडौं आइरहेको राप्रपाले जनाएको छ।

गौहत्याको विरोध, हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, महंगी तथा भ्रष्टाचारको अन्त्य र युवालाई स्वदेशमै रोजगारी नाराका साथ राप्रपाले विरोध सभा गर्न लागेको हो।

देश आर्थिक संकटमा परेका बेला सरकार उदासिन बनेको भन्दै सरकारलाई दबाब सिर्जना गर्न पार्टीले र्‍यालीसहित सभा गर्न लागेको प्रवक्ता श्रेष्ठको भनाइ छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *