धर्म-संस्कृति / रितिथिति

गायक बद्रि पंगेनीसंगै रमाए महायज्ञका भक्तजनहरु

badri

एनएमबि न्युज डेक्स,काठमाण्डौ ।
भाद्र २८ बिहिबार ।

नेपालका लोकप्रिय लोक तथा दोहोरी गायक बद्रि पंगेनी महायज्ञमा सहभागी भई भक्तजनहरुलाई आफना विबिध प्रस्तुतीले आनन्द प्रदान गरेका छन । गोदावरी नगरपालिका वडा नं. १४ बाडेगाउँ ललितपुरमा सञ्चालन भएको विराट ज्ञान महायज्ञमा बिहिबार सहभागी भएका गायक पंगेनीले लोक गीत तथा लोक भजनबाट भक्तजनलाई रमाइलो प्रदान गरेका थिए ।

badri 1

गायक पंगेनीले हे आमा यसपालि पनि छुट्टी पाउदैन बोलको गीत प्रस्तुत हुदा भक्तजनहरुको आखाबाट आशु खसेको थियो ।

विराट ज्ञान महायज्ञ गत भाद्र २० गते देखि सञ्चालन भैरहेको छ । आगामी भाद्र ३० गतेसम्म उक्त महायज्ञ सञ्चालन हुने आयोजक समितीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस