धर्म-संस्कृति / रितिथिति

महायज्ञ नसकिदै अनाथ आश्रम निर्माणको प्रकृया सुभारम्भ

maha 1

एनएमबि न्युज डेक्स,ललितपुर ।
भाद्र–२९ शुक्रबार ।

नेपालमा बाल आश्रम,बृद्धा आश्रम तथा अन्य मठमन्दिर निर्माणको लागी बेलाबेलामा महायज्ञ तथा अन्य विबिध कार्यक्रमहरु सञ्चालन भएका हामिहरुले देखिरहेका छौ । कार्यक्रम पश्चात कार्यक्रम अगाडी राखेका लक्ष्य उद्देश्य त्यतिकै बिलाएर जाने गर्दछ । राखेका लक्ष्य पुरा गर्न पनि विविध कारणले बर्षाै लागेर निर्माण हुने गरेको छ । तर ललितपुर जिल्लाको गोदावरी नगरपालिका १४ बाडेगाउँमा अनाथ बालबालिकाको लागी अनाथ आश्रम तथा लगायतका भवन निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको विराट ज्ञान महायज्ञ नसकिदै अनाथ आश्रम निर्माणको प्रकृया अगाडी बडिसकेको छ ।

maha2

 

“हामीले जग्गा पनि हेरिसकेका छौ । जग्गाको प्रकृया अगााडी बडदै छ ।” महायज्ञका संयोज तथा गोदावरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सानुराजा राज घिमिरेले भने– “हामी जतिसक्दो छिट्टै कामको थालनी गर्ने छौ ।”

 

बिहिबार साझको महायज्ञको कार्यक्रमलाई सम्बोधन गर्दै आश्रमका अध्यक्ष बालयोगेश्वर विजयमर्ति महाराज श्री र संयोजक घिमिरेले गीतामाथी हात राख्दै बालआश्रम जसरी भएपनि निर्माण गर्ने प्रतिबद्धता जनाएका छन ।

 

बिहिबार नै आश्रम निर्माणको लागी आश्रमका अध्यक्ष विजयमूर्ति महाराज श्रीले हालसम्म सङकलन भएको दान मध्यबाट रु २५ लाखको चेक पनि संयोजक घिमिरेलाई हस्तान्तरण गरेका छन ।

maha4

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *