मुख्य समाचार

प्युठानमा मृत भेटिए गुल्मीका २३ वर्षीय युवा

dead

एनएमबि न्युज डेक्स , काठमाण्डौ ।
असोज ६ शुक्रबार ।

तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला परेका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ६ का कपिल कुँवर मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार उनी तीजको दिन असोज १ गते प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ बालुवाखोला तिजको नाच हेर्न भनी गएका थिए । तर, असोज ३ गतेसम्म पनि घर नआएपछि घरपरिवारले प्रहरीमा जानकारी गराएका थिए ।

इलाका प्रहरी कार्यालय पुर्कोट दहले त्यसपछि खोजी कार्य सुरु गरेको थियो । खोजी कार्यको क्रममा असोज ४ गते दिउँसो साढे १२ बजे प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ४ सुसानेपहरामा घोप्टो अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनुको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतकको शव पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस