समाचार

आज रातिदेखि कालिकोटमा पनि निषेधाज्ञा

kalikot cdo office

५ भदौ, सुर्खेत । आज (शुक्रबार) रातिदेखि लागू हुने गरी कालिकोटमा पनि निषेधाज्ञा जारी भएको छ ।

राति १२ बजेदेखि १० गते राति १२ गतेसम्म निषेधाज्ञा लागू गरिएको हो । आज बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठले पाँच दिनका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिए।

चाडपर्वका बेला हुने भिडभाडका कारण कोरोनाको संक्रमण फैलिने जोखिम भएकोले पनि निषेधाज्ञा जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार पछिल्लो समय कालीकोटमा प्रहरी, कर्मचारी र समुदायका नागरिकमा कोरोना संक्रमण देखिएको छ ।

निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेकका सबै सेवाहरू बन्द रहने बताइएको छ । कोरोना भाइरसको महामारीबाट थप सजग र सुरक्षित रहन आग्रह गर्दै अन्यत्रबाट कालीकोट जिल्ला प्रवेशमा समेत रोक लगाइएको छ ।

कर्णालीका दश जिल्लामध्ये प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रगरसहित जुम्ला, हुम्ला, दैलेख र मुगुमा पनि निषेधाज्ञा जारी छ । जुम्लामा अनिश्चितकालीन, मुगु र हुम्लामा भदौ १५ गतेसम्म, वीरेन्द्रनगरमा ९ गतेसम्म र दैलेखमा ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस