समाचार

कालीगण्डकी नदीमा डुबेर एक बेपत्ता

missing in river

२६ भदौ, काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार–१ स्थित कालीगण्डकी नदीमा डुबेर एक जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ घर भएका २२ वर्षीय छत्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्वले जनाएको छ ।

नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर शाही बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए । उनका अनुसार बेपत्ता भएका शाही कालीगण्डकी करिडोरमा काम गर्ने मजदूर रहेका हुन् ।

घटनालगत्तै प्रहरी र स्थानीयवासीद्वारा कालीगण्डकीको तल्लो तटीय क्षेत्रमा उहाँको खोजी कार्य गरिरहेको प्रहरी नायब उपरीक्षक खाँणले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस