समाचार

कैलालीका एसपी राणासहित २२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

covid 19 test positive

२१ असोज, धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख (एसपी) सहित २२ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा जिल्ला प्रहरी प्रमुख (एसपी) अनुपम शमसेर जबरा राणासहित २२ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि भएका २२ जनै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत् प्रहरी कर्मचारी हुन् ।

योसँगै सुदूरपश्चिममा बुधबारसम्म २ सय २८ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस