
२३ कात्तिक, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा प्रभाव पर्ने उल्लेखनिय मौसमी प्रणली विकसित भएको छैन । देशभरको तापक्रम घटेसँगै चिसो भने बढ्दै गएको छ ।
अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश, लुम्विनी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज राति प्रदेश १ र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया दिनुहोस