मनोरञ्जन ताजा समाचार

आकाश र सलोनको ‘हिड्दा हिड्दै’को शुटिंग शुरु

aakash sharma new movie

१३ पुस, काठमाडौं । प्रेमकथामा बन्न लागेको फिल्म ‘हिँड्दा हिँड्दै’को सुटिङ सोमबारबाट सुरु भएको छ । गत असोजमा शुभमुर्हत गरिएको फिल्मको पहिलो दिन गोदावरीमा सुटिङ राखिएको प्रस्तुतकर्ता सुशील पंगेनीले जानकारी दिए ।

मिलन आलेमगरको निर्देशन रहेको फिल्ममा आकाश श्रेष्ठ, सलोन बस्नेत, नव अभिनेत्री रेखा शाह, सानिया खान, विकास थापामगर, विवेक रामदाम, ममता पौडेललगायतका कलाकारको अभिनय रहनेछ ।

फिल्मको लेखन समेत पंगेनीले गरेका हुन् । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानर र कोहलपुर मेडिकल कलेजसँगको सहकार्यमा निर्माणाधीन फिल्मको निर्मातामा प्रमोदकुमार तामाङ, राजकुमार थिङ र पारस गुरुङ रहेका छन् ।

महादेव शाही सहनिर्माता रहेको फिल्म काठमाडौं र गाईघाटमा खिचिने छ । सुमनकुमार तण्डुकारको छायाँकन रहेको फिल्मका गीतमा किरण माइकलको संगीत र कबिराज गहतराजले कोरियोग्राफी रहनेछ । देव महर्जनले द्धन्द्ध निर्देशन रहने फिल्मको सुटिङ अवधि ३५ दिन तोकिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस