समाचार

प्युठानमा ढुङ्गाले लागेर एक महिलाको मृत्यु

Death Body

२८ माघ, प्युठान । प्यूठानमा बाटो सफा गर्ने क्रममा जेसिबीले पल्टाएको ढुङ्गाले लागेर आज एक महिलाको मृत्यु भएको छ ।

मल्लरानी गाउँपालिका–३ मुनडाडाकी २२ वर्षीय माधवी सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिए ।

रा १ क ७३३ नम्बरको जेसिबीले बाटो सफा गर्ने क्रममा ढुङ्गा पल्टेर सुनारलाई लागेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस