
१ बैशाख, काठमाडौं । गणतन्त्र नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाह सामान्य नागरिकको दर्जामा रहे पनि भारतमा उनलाई राजाकै हैसियतमा सम्मान दिइएको छ । धार्मिक भ्रमणको क्रममा भारतको उत्तर प्रदेशमा रहेका पूर्वराजा शाहलाई भारतका केन्द्रीय राज्यमन्त्री साध्वी निरञ्जन ज्योतिले राजाकै हैसियतमा सम्मान प्रकट गरेकी छन् ।
पूर्वराजा ज्ञानेन्द्रसँगको भेटका केही तस्विरसहित ट्वीट गर्दै भारतको ग्रामिण विकास राज्यमन्त्री साध्वीले उनलाई ‘राजा’ कै रुपमा सम्बोधन गरेकी छन् । मंगलबार उनले ट्वीट गर्दै लेखेकी छन्, ‘पतञ्जली योगपीठमा नेपाल नरेश श्री ज्ञानेन्द्र वीर विक्रम शाहजी एवं पूज्य सन्तवृन्दसँग पूज्य योगी श्री रामदेव र आचार्य बालकृष्णजीको पावन सानिध्यमा पतञ्जली योगपीठद्वारा आयुर्वेद क्षेत्रमा नवीन अनुसन्धान र सेवा कार्यको विषयमा जानकारी प्राप्त गर्ने अवसर मिल्यो ।’
त्यस्तै रामदेवले राजा ज्ञानेन्द्र शाह पतञ्जलीको काम देखर आश्चर्यमा परेको बताएका छन् । ‘नेपालका राजा ज्ञानेन्द्र शाहजीले आज पतञ्जली योगपीठको काम देखेर छक्क पर्नुभयो’, उनले भने ।
नेपाल के राजा श्री ज्ञानेंद्र वीर विक्रम शाह जी ने आज #पतंजलि योगपीठ में पधारकर सेवाकार्यों का अवलोकन किया।#Patanjali #Nepal pic.twitter.com/XQc5Q6RKkd
— स्वामी रामदेव (@yogrishiramdev) April 13, 2021
T-1 भारतीय संस्कृति,सनातन परंपरा की गूंज लोगों को अपनी ओर आकर्षित करती है नेपाल के राजा श्री ज्ञानेंद्र वीर विक्रम शाह आज पतंजलि परिसर पहुंचे @yogrishiramdev जी के नेतृत्व में #पतंजलि के कार्यों को देखकर अभिभूत होते हुए उन्होंने कहा कि जितना पतंजलि के विषय में उन्होंने सुना था, pic.twitter.com/q5oYwPtjcz
— Acharya Balkrishna (@Ach_Balkrishna) April 13, 2021
T-2 उससे कई गुना ज्यादा अनुसंधान व बाकी सेवा के कार्य हो रहे हैं।इस अवसर पर पूज्य स्वामी महामंडलेश्वर कैलाशानंद गिरी जी,टिहरी की राजमाता श्रीमति माला राज्यलक्ष्मी जी M.P.,भारत सरकार में राज्यमंत्री महामंडलेश्वर साध्वी @SadhviNiranjan जी, जैनमुनि लोकेश मुनिजी की पावन उपस्थिति थी। pic.twitter.com/QinfOzi7QI
— Acharya Balkrishna (@Ach_Balkrishna) April 13, 2021