मुख्य समाचार

साथीको हत्या गरेको आरोपमा सुनसरीबाट एक युवक पक्राउ

murder case arrest

२५ वैशाख, सुनसरी । साथीको हत्या गरेको आरोपमा प्रहरीले सुनसरीबाट एक जना युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले सुनसरीको  वराह नगरापलिका–४ घर भएका २४ वर्षीय प्रकाश तामाङलाई इटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरेको हो । उनले वैशाख २२ गते रातको समयमा इटहरी उपमहानगरपालिकाको ट्याङ्ग्रा खोलामा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दायाँ हातको नाडीमा ‘दुखी राई’ नाम लेखेका मृतकको यकिन नाम ठेगाना खुलेको छैन । प्रकाशले उनी सडकमा भेटेर ‘साथी’ बनेको तर नाम र ठेगाना थाहा नभएको प्रहरीलाई बताएका छन् । करिब ३० वर्षका मृतकको टाउकोमा चोट लागेको छ ।

विवाद हुँदा टाउकोमा हिर्काएर साथीको हत्या गरेको आरोपीले स्वीकारेको इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर केशव कुमार कटवालले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस