
१३ भदौ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेसनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत संस्थापक सेयर खरिद गर्ने भएको छ ।
संस्थापक सेयर खरिदसम्बन्धी समझदारीपत्रमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेसनल मर्चेन्ट बैंकरका प्रमुख कार्यकारी अधिकृत नवीन बास्कोटाले हस्ताक्षर गरेका छन् । नेपाल लाइफले उक्त सेयर खरिद गरेपछि सो कम्पनीको जारी एवं चुक्ता पुँजी ३० करोड रुपैयाँ हुनेछ ।
नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रसाईंले नेपाल लाइफ जीवन बिमा क्षेत्रमा सबैको विश्वास जितेर उत्कृष्ट ब्रान्ड रहन सफल भएको भन्दै अब नेसनल मर्चेन्ट बैंकरलाई पनि नेपालको पुँजीबजारमा सफल कम्पनीको रूपमा स्थापित गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस