समाचार

चर्चामा शिखरकोट–सिमभञ्ज्याङ पदमार्ग

PhotoGrid 1711709207954

एनएमबि न्युज डेक्स,काठमाडौँ
चैत्र १५ बिहिबार ।

सिम्रन खड्का

एक साता अगाडि ह्याप्पी हाईकर्सको ७५ जनाले यात्रा गरेको शिखरकोट–सिमभञ्ज्याङ पदमार्गमा चैत्र ११ गते चन्द्रागिरी हाईकिङ कम्युनिटिका ३५ जनाको टोलीले पदयात्रा गरेका छन् ।

1710638963680 चन्द्रागिरी हाईकिङ कम्युनिटिका सदस्यहरु चैत्र १० गते चन्द्रागिरी बाट पैदल चित्लाङ–बिसिङखेल–कुन्छाल–ओखरबजार हुँदै शिखरकोटमा बास बसी ११ गते बिहान शिखरकोटबाट स्थानीय ४ जनासमेतको सहभागितामा जम्मा ३९ जनाको सहभागितामा पदयात्रा शुरु गरि शिखरकोट धारापानी हुँदै ऋषेश्वर खोला रमणिय जंगलको बाटो हुँदै ऋषेश्वर मन्दिर दर्शन गरी दामनको पर्वतीय उद्यानमा लालिगुँरास लगायतको फूल तथा बनस्पति अवलोकन गरेर दामनको भ्यु टावरबाट हिमालको दृष्यावलोकन सहित पदयात्रा सम्पन्न भयो ।

 

1710812152970 यस पदमार्गको परिकल्पना थाहा नगरका युवा फोटापत्रकार गणेश बिष्टले परिकल्पना गरेको हुन् ।

1691412944273 1 4

बिष्टका अनुसार थाहा नगरको धेरै पदमार्गहरु मध्ये शिखरकोट शिमभञ्ज्याङ पदमार्गले धेरै सम्भावना बोकेको छ । स्थानीय सरकारले ध्यानमा राखे यहाँ पर्यटकको ओइरो लाग्थ्यो । स्थानीय होटल व्यबसायीहरुले सेवाको मूल्यमा एकरुपता र सेवामा ध्यान दिए रुट दिर्घकालिन रुपमा चल्छ । चन्द्रागिरी हाईकिङ कम्युनिटिका अध्यक्ष प्रसन्न गोपालीका अनुसार यस पदमार्गको यात्रा निकै रोमान्चक भएको बताउनुभयो ।

 

1711380506736 1 उहाँले शान्त प्राकृतिक वातावरण यो पदमार्गको बिशेषता भएको बताए । स्थानिय सरकारले चासो दियर पथ संकेत, बाटोमा डसबिन, ठाँउ ठाँउमा सूचना बोर्ड राखेमा पर्यटनको चहलपहल बढ्ने चन्द्रागिरी हाईकिङ कम्युनिटिका अभियान्ता प्रकाश गोपालीले बताए । उनले थाहाको पर्यटकिय विकासको लागि चन्द्रागिरी हाईकिङ कम्युनिटिका हरपल साथ रहने पनि बताए । यस पदमार्ग शिखरकोटबाट धारापनीको पुरानो बस्ती हुँदै ऋषेश्वर जंगल र खोलाको बाटोले छुट्टै प्राकृतिक आनन्द लिन सकिन्छ ।

 

1710802833383यसैबिच हिन्दु र बौद्ध धर्म मान्नेहरुको समान आस्थाका केन्द्र ऋषेश्वर महादेवको दर्शन, धार्मिक चुलो, तारेभिर अवलोकन पश्चात् मकवानपुर जिल्लाको सबैभन्दा अग्लो स्थान २४८८ मिटर उचाइमा रहेको सिमभञ्ज्याङ बजार, सिमभञ्ज्याङमै रहेको कृतिम ताल र ताल आसपाका बिभिन्न प्रजातिका गुराँस अवलोकन, दामनको पर्वतिय वनस्पति उद्यानमा वनस्पतिसंगै गुराँस अवलोकन, नेपालकै पहिलो भ्युटावर जहाँबाट नेपालको १४ भन्दा बढी हिमसृङ्खलाको दृष्यावलोकनसंगै दामनबाट ओराले लाग्दै नयाँगाउँ हुँदै यो पदयात्रा करिव १९ किलोमिटर दुरी पार गर्दै पुनः शिखरकोट आईपुगेपछि समापन हुनेछ ।

 

1711380468922संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडाबाट करिव २ घण्टा बराबरको दुरीमा रहेको थाहा नगरले सहरको भिड, कोलाहलबाट रिफ्रेस हुने उपयुक्त गन्तब्यको रुपमा छुट्टै स्थान बनाएको छ ।

फोटो गणेश बिष्ट 17113804841911710803582961

17113800617371710812127222

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस