बलिउड / हलिउड

कानुनी लफडामा फसे अभिनेता सैफ, दिल्लीमा दर्ता भयो केस

saif ali khan

२३ मंसिर, मुम्बई । ‘रामायण’मा आधारित रहेर निर्माण भएको फिल्म ‘आदिपुरुष’ मा रावणको भूमिका निभाएका अभिनेता सैफअली खान कानुनी लफडामा फसेका छन् । फिल्मको बिषयलाई लिएर दिएको एक अन्तर्वार्ताका कारण उनी कानुनी झन्झटामा परेका हुन् । अन्तर्वातार्मामा सैफले रावणले सिताको हरण गरेको बिषय जायज बताएका थिए ।

सैफको बिरुद्ध अहिले दिल्लीमा केस दर्ता गरिएको छ । उनको विरुद्ध विश्व हिन्दू महासंघ दिल्ली प्रदेश अध्यक्ष राजेश तोमरले केस दर्ता गराएका हुन् । उनले दर्ता गरेको उजुरीमा भनिएको छ, ‘सैफले जानीबुझी टिप्पणी गरेका हुन् । यसले करोडौ हिन्दुको भावनामा ठेस पुगेको छ । यो बयानका कारण समाजमा शान्ती भङ्ग हुनसक्छ ।’

एक वेभसाइटका लागि दिएको अन्तर्वार्तामा सैफले भनेका थिए ‘लंकेशको भूमिका नराम्रो छैन । त्यो मनोरन्जनात्मक र मानवीय देखाइएको छ ।’ ‘यसमा देखाइने छ सिताका अपहरण र रामसँगको युद्ध जायज थियो किनभने लक्ष्मणले रावणको बहिनी सुवर्णखाको नाक काटेका थिए’ सैफले इन्टरभ्युमा अगाडि भनेका थिए ।

आफ्नो बयानलाई लिएर विवाद बढ्ने देखेर सैफले एक स्टेटमेन्ट जारी गर्दै माफी समेत मागेका छन् । ‘मलाई खबर मिलेको छ । अन्तर्वार्तामा मैले दिएको बयानका कारण मानिहरुको भावनामा ठेस पुगेको छ । मेरो यो उदेश्य कहिलै थिएन’ स्टेटमेन्ट उनले अगाडि भनेका छन्, ‘म सबैसँग इमान्दारीसँग माफी माग्दछु । मैले दिएको बयानलाई फिर्ता लिन्छु । मेरो लागि भगवान राम जहिले पनि धार्मिकता र वीरताको प्रतिक रहेका छन् ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस