बैँक / वित्त

ज्योति विकास बैंकद्वारा सामुदायिक अस्पताललाई बेबी वार्मर प्रदान

Baby Warmer

५ माघ, काठमाडौं । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत हाम्रो विकास प्रवर्द्धन कोषबाट कपिलवस्तु सामुदायिक अस्पताललाई एकथान बेबी वार्मर प्रदान गरेको छ । राष्ट्रिय आविष्कार केन्द्र र बैंकद्वारा संयुक्त रुपमा सो बेबी वार्मर प्रदान गरिएको हो । बेबी वार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाइराख्‍न सहयोग गर्छ ।

बैंकका तर्फबाट लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेश क्षेत्रका क्षेत्रीय प्रमुख कपिल न्यौपाने, जितपुर शाखा प्रबन्धक लक्ष्मण केसी र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सञ्‍जयबहादुर सिंहले संयुक्त रुपमा कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेन, वाणगंगा नगरपालिका ४, कपिलवस्तुका वडाध्यक्ष गणेशबहादुर क्षेत्रीलाई हस्तान्तरण गरेका छन् ।

यस अस्पतालमा प्रसूतिसेवा लिन आउने वार्षिक करिब पाँच सयजना प्रत्यक्ष रुपमा लाभान्वित हुने जनाइएको छ । सोही अवसरमा राष्ट्रिय आविष्कार केन्द्रले पीपीई र फेससिल्डजस्ता कोरोना भाइरस नियन्त्रण स्वास्थ्य सामग्रीसमेत अस्पताललाई प्रदान गरेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस