विश्व/प्रवास

अफगानिस्तान : बम आक्रमणमा एक प्रहरी अधिकारीको मृत्यु, ६ जना घाइते

Afghanistan blast

२४ माघ, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा छुट्टा छुट्टै इलाकामा भएको दुई ओटा बम आक्रमणमा परी एक प्रहरी अधिकारीको मृत्यु हुनुको साथै अन्य छ जना सर्वसधारण घाइते भएका प्रहरी स्रोतले प्रष्ट पारेको छ ।

स्थानीय जिल्लाको खिरखाना पुलिसचौकीनजिकै ट्रकमा रहेको बम विस्फोटमा परी एक प्रहरीको मृत्यु भएको छ । यस विस्फोटमा परी एक गाडी र अन्य थुप्रै पसलहरू ध्वस्त भएका पनि प्रहरी स्रोतले जनााइएको छ ।

शनिबार नै शोरबाजार इलाकामा भएको बम विस्फोटमा परी छ जना सर्वसाधारण नागरिक घाइते भएका काबुल प्रहरीका प्रवक्ता फरदस फरमर्जले बताएका छन् । यस आक्रमणहरुको कुनै पनि समूहले जिम्मा भने लिएको छैन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस