विश्व/प्रवास

अमेरिकी राष्ट्रपति बाइडेनले पहिलो पटक गरे चीनका राष्ट्रपतिसँग कुराकानी, राखे यस्ता शर्त

joe and xi

२९ माघ, काठमाडौं । अमेरिका र चीनबीच चलिरहेको तनावपूर्ण सम्बन्धबीच नयाँ राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति शी जिनपिङसँग पहिलोपटक फोनवार्ता गरेका छन् ।

बाइडेनले ट्वीट गरेर यसबारे जानकारी दिएका हुन् । उनले ट्वीटरमा भनेका छन्, ‘मैले आज राष्ट्रपति शीसँग कुराकानी गरेँ र चीनका मानिसहरुलाई लूनर नयाँ वर्षको बधाई दिएँ । मैले चीनको व्यापारको तरिकाको विषयमा पनि चिन्ता व्यक्त गरेँ । यसबाहेक मैले त्यहाँ भइरहेको मानवाधिकारको उल्लंघन र ताइवानमाथि भएको जबर्जस्तीमाथि पनि चिन्ता व्यक्त गरेँ । मैले उनलाई चीनबाट अमेरिकी जनतालाई फाइदा भएमात्रै अमेरिकाले चीनसँग काम गर्ने बताएँ ।’

चीन र अमेरिकाबीच व्यापार युद्ध ट्रम्प प्रशासनका बेला उत्कर्षमा पुगेको हो ।  जो बाइडेनको प्रशासनको चीनको विषयमा कस्तो धारणा छ, त्यसमाथि सबैको नजर अडिग छ ।

अमेरिका र चीनबीच समस्याका कारणः

सन् १९७२ मा अमेरिकाका तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनले चीनको कम्युनिष्ट पार्टीसँग सामान्य सम्बन्ध बनाउने कोसिस गरेका थिए, त्यतिबेलादेखि अहिलेसम्म यी दुई देशबीचको सम्बन्ध निकै खराब अवस्थामा पुगिसकेको छ ।

सन् २०१३ मा चीनमा शी जिनपिङ राष्ट्रपति बनेर सत्तामा आएपछि अमेरिकासँगको सम्बन्ध बिग्रिएको थियो । शी जिनपिङ अघिल्ला राष्ट्रपतिभन्दा स्पष्टवक्ता मानिन्छन् । चीन र अमेरिकाबीचको सम्बन्ध त्यतिबेला थप खराब भयो जब चीनले हङकङका लागि नयाा सुरक्षा कानून ल्यायो र चीनमा विगर मुस्लिमको कथित दमका रिपोर्ट सार्वजनिक हुन थाले । तर ट्रम्प प्रशासनसँग चीनसँगको युद्ध एक वैचारिक विश्व दृष्टिकोणले असाध्यै धेरै बढेको निष्कर्ष निकाल्यो ।

शीतयुद्धको याद ताजा गराउँदै अमेरिकाले चिनियाँ नेतामाथि उनीहरुले आफ्नो विश्वव्यावपी वर्चस्व कायम राख्नका लागि तानाशाही गरिरहेको आरोप लगायो । साथै उनीहरुले अमेरिका र चीनको संघर्षलाई स्वतन्त्रता र उत्पीडनको संघर्ष बताए । अमेरिकाले चीनमाथि ट्यारिफ बढाउन सुरु गरे । यसको जवाफमा पनि चीनले यस्तै गर्यो । यसरी दुई देशबीच व्यापारिक युद्ध सुरु भयो ।

अघिल्लो वर्ष जुलाईमा अमेरिकाले ह्यूस्टनस्थित चिनियाँ वाणिज्य दूतावास बन्द गर्न आदेश दियो । अमेरिकाको यो कदमलाई चीनले पनि तत्काल जवाफ दियो । उसले पश्चिमी चिनियाँ शहर चेंगडूमा अमेरिकालाई आफ्नो कन्सुलेट बन्द गर्न आदेश दियो । कन्सुलेट नीति बनाउनका लागि जिम्मेवार त हुँदैन तर व्यापार गर्न र कुनै प्रकारको पहुँचका लागि यसको भूमिका महत्वपूर्ण हुन्छ ।

यो त्यो कूटनीतिको आधारभूत ढाँचामाथि अर्को एउटा चोट थियो जसमार्फत् दुई देश एक–अर्कासँग कुराकानी गर्दथे । चिनियाँ सरकारको मान्यता यो छ कि अमेरिका प्रशासनले चीनलाई रोकेर आफूलाई आर्थिक रुपमा अघि बढाउन चाहन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस