२१ जेठ, काठमाडौं । केडिया अर्गनाइजेसनअन्तर्गत पुष्पतारा केडिया सेवा फाउन्डेसनले नेपाल उद्योग परिसंघद्वारा गठित कोभिड फन्डमा पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
फाउन्डेसनद्वारा सहयोग गरिएको सो रकमले अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर, पीपीई खरिद तथा व्यवस्थापनको लागि एक महत्वपूर्ण योगदान हुने विश्वास फाउन्डेसनले जनाएको छ ।
पुष्पतारा केडिया सेवा फाउन्डेसन स्वास्थ्य, शिक्षा, खेलकुद एवं सांस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको एवं गैरनाफामूलक सामाजिक संस्था हो ।
यसका साथै फाउन्डेसनले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नै नेपाल चेम्बर अफ कमर्सको कोभिड फन्डमा समेत नगद दुई लाख सहयोग गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस