
३० कात्तिक, काठमाडौं । भारतीय अभिनेता सौमित्र चटर्जीको निधन भएको छ । ८५ बर्षको उमेरका उनको निधन भएको हो ।
विख्यात निर्देशक सत्यरजीत रेको फिल्मबाट उनले अभिनय थालेका थिए । विगत एक महिनादेखि बिमारी रहेका उनको कोलकात्ताको एक प्रइभेट अस्पतालमा उपचार भइरहेको थियो । उनलाई गत ६ अक्टुवरमा कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।
१४ अक्टुवरमा दोस्रो पटक कोरोना टेष्ट गर्दा उनको रिपोट नेगेटिभ आएको थियो । सौमित्रले अभिनयको दौरानमा कयौ सुपरहिट फिल्ममा काम गरेका छन् । फिल्मक्षेत्रमा दिएको योगदानको कारण उनी पद्य भुषण, दादा साहेब फाल्के पुरस्कार, राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित भएका थिए ।
प्रतिक्रिया दिनुहोस