विश्व/प्रवास

नयाँदिल्लीमा होलीलगायतका चाडपर्व मनाउन रोक

holi india

११ चैत, काठमाडौं । भारतको नयाँदिल्लीमा कोरोना संक्रमणको दर बढेसँगै सार्वजनिक स्थानमा चाडपर्व मनाउन रोक लगाइएको छ ।

दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले एक सूचना जारी गर्दै सार्वजनिकस्थलमा होली, नवरात्रिलगायतका चाडपर्व मनाउन रोक लगाएको बीबीसी हिन्दीले जनाएको छ ।

“विश्वलाई आक्रान्त बनाएको कोभिड–१९ महामारीको संवेदनशीलताप्रति सरकार गम्भीर छ । दैनिक संक्रमितको संख्या बढीरहेको अवस्थामा सरकारले सार्वजनिकस्थलमा भिडभाड हुने सभा–सम्मेलन, भेला, चाडपर्वलगायतमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ,” सूचनामा भनिएको छ ।

यो आदेशको उल्लंघन गर्नेलाई डीडीएमए ऐन, २००५ को दफा ५१ देखि ६० अनुसार कारबाही हुने सूचनामा उल्लेख गरिएको जनाइएको छ । मंगलबार दिल्लीमा एक हजार १०० संक्रमित थपिएसँगै डीडीएमएले यस्तो आदेश जारी गरेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस