सेयर मार्केट

सेयर बजारमा दोहोरो अंकको गिरावट, ८ अर्बको कारोबार

stock market

१८ जेठ, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार ११.६८ अंकले नेप्से घट्दै २७७१.१५ विन्दुमा झरेको छ । आज प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ३.६९ अंकले घटेर ४९६.८६ विन्दुमा झरेको छ ।

आज विकास बैंक र फाइनान्स बाहेक सबै जसो समूहहरु तथा उप समूहहरु ऋणात्मक रहेका छन् ।

कुल २१६ कम्पनीका एक करोड ९७ लाख ८३ हजार ३५४ कित्ता सेयर ९८ हजार ६०७ पटक कारोबार हुँदा जम्मा ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँको कारोबार भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस