समाचार

मेलम्चीमा बेपत्ताको खोजी गर्न गएको सशस्त्रको गोताखोर टोली सवार बोट दुर्घटना

melamchi

काठमाडौं, साउन १ –

मेलम्ची खानेपानी आयोजनाको ड्याम फुट्दा बेपत्ता भएका चालकलाई सशस्त्र प्रहरीको गोताखोर टोली सवार र्‍याफ्टिङ बोट दुर्घटना भएको छ।

इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार बेपत्ताको खोजीका परिचालन भएको चार जना सवार डुंगा आज विहान दुर्घटना भएको हो । दुर्घटनाबाट कुनै क्षति नभएको र एपीएफका सबै चार जना गोताखोर सकुशल रहेको प्रहरीले जनाएको छ ।

मेलम्ची खानेपानीको मुहान निरीक्षणका क्रममा बेपत्ता भएका इन्जिनियर सतिश गोहितको बुधबार शव फेला परेको थियो भने ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगरको अझै बेपत्ता छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस