कर्पोरेट

महामारीमा गोदरेजको भाइरोसिल्ड उपयुक्त रहेको दावी​

godrej virosield

२० वैशाख, काठमाडौं । कोरोनाको दोस्रो लहरले जटिल परिस्थिति निम्त्याउँदै गएको बेला घर, हस्पिटल, बैंक तथा अन्य सेवा प्रदानरत संघ संस्थाहरुमा आफ्नो वरीपरी रहेका सामानहरुलाई जीवाणुरहित बनाउन गोदरेजको भाइरोसिल्ड उपयुक्त हुने कम्पनीले जनाएको छ ।

२ देखि ६ मिनेट भित्रमा भाईरोसिल्डले युभी–सी रेमार्फत ९९% भन्दा बढी कोभिड–१९ भाइरसको सुक्ष्म जीवबाट सुरक्षा प्रदान गर्ने कम्पनीको दावी छ । भाइरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाइल, ट्याबलेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बच्चाहरुको खेल्ने कुराहरु आदि राख्न सकिन्छ ।

भाइरोसिल्डमा विविध सरसामाग्रीहरु राख्न मिलेता पनि औषधी, ब्याट्री, पावर बैंकजस्ता सामानहरु भने राख्न नहुने कम्पनीले जनाएको छ । आईसीएमआर ल्याबद्वारा सर्टिफाइड अत्याधिक यूभी ट्यूव र रिफ्लेक्टिभ बनावट भएको गोदरेज भाइरोसिल्डमा १ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस