मुख्य समाचार

डा. शेखर कोइरालाको प्रश्न : के ओली महाराजा बन्न लालायित भएका हुन् ?

shekhar

३ फागुन, काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली महाराजा बन्न खोजेको हो भनि प्रश्न गरेका छन् । ओलीको पछिल्लो क्रियाकलापले प्रश्न गर्ने ठाउँहरु रहेको उनको भनाइ छ ।

सरकारको असंवैधानिक कदमका विरुद्धमा नेपाली कांग्रेस सुनसरीले धरानमा आयोजना गरेको विरोध सभामा उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबारको गेट र राजा महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर के सन्देश दिन खोजेको ? के महाराजा बन्न लालायित भएको हुन् ?’ ‘राजाहरुले झैं ओलीले ‘म जे भन्छु त्यही कानुन हो भन्न खोजेको हो ?’ आक्रोशित मुद्रामा डा कोइरालाले थप प्रश्न गरे ।

राष्ट्रपतिले आफ्नो मर्यादा र गरिमा बिर्सेर नेकपाभित्र एउटा गुटको भूमिका निर्बाह गरेकाले मुलुक बर्बादीतर्फ लागेको बताए । उनले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि अतिक्रमण गरेकाले कांग्रेस बाध्य भएर सडकमा आउन परेको बताए ।

सरकारको असंवैधानिक कदमको विरुद्धमा नेपाली कांग्रेस सुनसरीले धरानमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै नेता कोइरालाले आफुहरुले संवैधानिक इजलासमा बस्ने न्यायधीशहरुलाई दबाब अथवा आग्रह नगरेको बताए । संवैधानिक इजलासमा बसेर संविधानको व्याख्या गर्ने न्यायमूर्तिहरुले आफ्नो विवेक नगुमाइ निर्णय गर्नुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं’ उनले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस